Jan 16, 2013

ज्ञानेन्द्रमाथि मुद्धा हाल्ने छोरा पारसको तयारी


पूर्वराजा ज्ञानेन्द्रमाथी आफ्नै छोरा पारसले बाबुको व्यवहारबाट दिक्क भएर बाबुमाथी नै मुद्धा हाल्ने तयारी गरिएको बताइएको छ । बाबुले आफूलाई बेवास्ता गरेको, आफ्नी श्रीमती र छोराछोरीमाथी बाबुले जमाएको नियन्त्रणजस्ता विषयबाट रिसाएका पारस ज्ञानेन्द्रमाथी नेपालको तल्लो तहको अदालतमा मुद्धा हाल्ने तयारीमा रहेको बताइएको छ । पारसका लागी अहिले काठमाडौमा उनका बहिनीहरूले दाजुलाई जिताउन एक सक्षम वकिलको खोजी गरिरहेका छन् । थाइल्याण्डमा लागुऔषधको मुद्धामा पक्राउ परेका पारसलाई जेलबाट धरौटीमा रिहा गराउने उनका बहिनीहरूले नै उनलाई बाबुसँग मुद्धा लड्नका लागी गतिलो वकिलको खोजी गरिरहेको बताइएको छ । उनले जिल्ला अदालत काठमाडौमा अंश मुद्दा हालेर सम्पत्ति लिने सोंच बनाएको समाचारमा उल्लेख गरिएको छ ! Read more.....

No comments:

Post a Comment