Jan 12, 2013

के नेपालीलाई अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चल्छ?

 माई संसार डट कम
माइतीघर मण्डलामा प्रेस चौतारी नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नहरुलाई कानुनी कारबाही दिलाउने कार्यमा सरकारले अवरोध गरेमा आफूहरुले सो मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने भाषण गरे, पत्रिकाहरुले छापे। पत्रकारका हत्यारालाई देशभित्रबाट कानुनी कारबाही नभए अन्तर्राष्ट्रिय अदालतमा सो मुद्दालाई लैजाने तयारीमा रहेको उनको कथन थियो। पत्रकार महासंघका अध्यक्षले नै यसो भनेपछि नेपालका अपराधीहरुलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउन पनि पाइँदो रहेछ भनेर सर्वसाधारणलाई पर्न सक्छ। तर वास्तवमा यो गलत कुरा हो। नेदरल्यान्डसको द हेगमा केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) कुनै पनि नेपालीविरुद्ध मुद्दा चलाउन सकिँदैन। नेपालमा भएका कुनै पनि घटनाको छानबिन गरी मुद्दा चलाएर दोषी वा निर्दोष ठहर गर्ने क्षेत्राधिकार अन्तर्राष्ट्रिय अदालतलाई छैन। किन ? Read more.....

No comments:

Post a Comment