समाचार

ब्रिटेन मानव अधिकारका पालन कर्ता हुन् त ?

महासेनानी कुमार लामालाई रिहाइ गर ?

माओवादी सशस्त्र द्धन्द्ध कालमा युद्ध अपराध गरेको अभियोग लगाउदै नेपाली सेनाका महासेनानी कुमार लामालाई बेलायत सरकारद्धारा पक्राउ गरिएको समाचारले नेपाली जनता एवं नेपाल सरकार स्तब्ध भएको छ । विना आधार नेपाल सरकारलाई समेत जानकारी नदिइ महासेनानी लामालाई पक्राउ गरेकोमा सार्वभौम मुलुकको क्षेत्रधिकार मिचेको भन्दै महासेनानी लामालाई तत्काल रिहा गर्न परराष्ट्र मन्त्रालयका निमित्त सचिव अर्जुन बहादुर थापाद्धारा नेपाल स्थित बेलायती राजदूत टक्नटलाई विरोध पत्र बुझाएका छन् ।
नेपाली कंग्रेस, एमाले, माओवादी पार्टीद्धारा महासेनानी लामाको गिरफ्तारी प्रति तिव्र आक्रोश प्रकट गरेका छन् भने मधेशवादी पार्टीले पूर्ण रुपमा मौनता साधेका छन् । नेपाल सरकारको आक्रोश र विरोध भएता पनि लण्डन स्थित म्याजिष्ट्रेड कोर्टले लामालाई पूर्पक्षका लागि थप बीस दिन थुनामा राखि अनुसन्धान गर्ने आदेश दिएको छ । मानव अधिकारका प्रमुख उल्लंघन कर्ता देश मध्यका ब्रिटेनद्धारा आफ्नो शासनको बिगतको इतिहासको पुनरावलोकन गर्न अत्यन्त जरुरी छ, विश्वमा ब्रिटेनद्धारा आफ्ना अति महत्वाकांक्षी आकांक्षा रुपी उपनिवेश निर्माण गर्ने क्रममा सबैभन्दा बढी मानव अधिकारको उल्लंघन तथा युद्ध बन्दी प्रति निर्मम व्यवहार एवं प्रताडित गरी हत्या गर्ने देश मध्येमा ब्रिटेन अग्रनि देशमा पर्दछ, सबैभन्दा बढी मानव अधिकार उल्लंघन गर्ने देश ब्रिटेनले मानव अधिकारको पालन कर्ता हुँ भनी भन्न कसरी सुहाउँछ ?

ब्रिटेनको बिगतको तात्कालिन ईतिहासलाई केलाउँदा त्यहाँ जस्तो अमानुषिक एवं पाशविक दण्ड सजायको प्रावधान विश्वको कुनै देशमा थिएन, साधारण अपराधीलाई समेत कोर्राले पिट्नु, पत्नीले भोजन बनाउन ढिलो गरे पतिद्धारा पत्नीलाई कोर्राले पिट्ने अधिकार, राजनीतिक अपराधीलाई काठको सिकन्जामा कसि ढुङ्गा प्रहार गरी गरिने हत्या, मानवलाई पशु भाँति शिकार गर्ने एवं दाश बनाउने देश ब्रिटेनले पुरातन युग जस्तै अर्को देशका नागरिकलाई आफ्ना उपनिबेशका जनता जस्तै गरि दण्डित गर्ने प्रयास घोर निन्दनिय छ । इतिहास साक्षि छ ब्रिटेन नेपालका छिमेकी राष्ट्र भारतवर्षमा ईष्ट ईण्डिया कम्पनीको रुपमा प्रवेश गर्‍यो, तात्कालिन बंगाललाई आफ्नो अधिपत्यमा ल्याउन लर्ड क्लाइभद्धारा कुटिलता पूर्वक बंगालका तत्कालिन नबाव शिराजुदौलाका सेनापति मिरजाफरलाई प्रलोभनमा पारी षडयन्त्र पूर्वक पलाशी को युद्ध जित्न सफल भए, शिराजुदौलालाई युद्ध बन्दीको रुपमा कठोर कराबास दिनुका सट्टा खुलेआम शिराजुदौलाको तरवारद्धारा टाउको काटेर हत्या गरियो, आफ्नो शासन सत्ताको पकड मजबुत गर्न जनतामा आतंकको श्रृजना एवं अंग्रेज अधिनताको विरोध गर्नेलाई क्रुर तरिकाले हत्या गरियो । लर्ड क्लाइभ पश्चात् आएका वारेन हेस्टिङद्धारा आफ्नो कार्यकालमा धम्क्याएर विभिन्न उपहार तथा मिरजाफरको श्रीमति मुन्निबेगमसंग ३ लाख ५४ हजार १०५ रुपैयाँ लिएको भन्ने काउन्सिल समक्ष अभियोग लगाउने नन्द कुमारलाई घरबाट बञ्चित र नन्द कुमारको शत्रु मोहन प्रसादको प्रयोग गरि मइ १७७५ इं. विं मा जालसाजि अभियोग लगाई वारेन हेस्टिङद्धारा आफ्ना मित्र सर एलिजा डम्पी (तात्कालिन मुख्य न्यायधिश) लाइ प्रभावमा पारी मृत्यु दण्डको सजाय दिलाए ।
इंग्लाण्डका सुप्रसिद्ध इतिहास बक्ता वर्क र मेकाले स्विकार गरेका छन् एलिजा एम्पी र हेस्टिङले मिलेर नन्द कुमार विरुद्ध घोर अन्याय गरेका हुन् । सुप्रिम कोर्ट स्थापना हुनु भन्दा अगाडि अर्थात् १७७० मा गरिएको भनि लगाइएको नन्द कुमार विरुद्ध जालसाजीको आरोप तात्कालिन न्यायालयद्धारा मुद्दातय गर्ने अधिकार नै थिएन भने बंगालमा जालसाजी मुद्दामा दण्ड स्वरुप फाँसी सजायको प्रावधान नै थिएन, दुर्भाग्य भनौ वा भाग्यको खेल लर्ड क्लाइभले जालसाजी पूर्वक बंगालमा अंग्रेजी सत्ताको जग स्थापित गरे बापत सम्पति, वैभव र प्रतिष्ठा प्राप्त गरे । तर लर्ड हेस्टिङद्धारा गरिएको जालसाजीको प्रमाणित आरोप लगाउने नन्द कुमारले मृत्यु दण्ड प्राप्त गरे ? वारेन हेस्टिङद्धारा गरिएको लुटको इतिहासले ब्रिटेन मानव अधिकार उल्लंघन गर्ने पराकाष्ठको देशमा गनिन्छ । हेस्टिङद्धारा गरिएको लुटको शिलशिला र महत्वाकांक्षा अंग्रेजी शासन व्यवस्थाको कलंकित इतिहास हो । अवध पतन पश्चात् नवावहरुको बेगम महलको घेरा बन्दी गरी जर्वजस्ती जेवर, सुन, चाँदीको माग गर्नु र दिन आनाकानी गर्नेलाई भोक भोकै मृत्युवरण गर्न बाध्य पारियो र नोकरहरुलाई समेत चरम यातना दिइयो । अवध नवावको बेगमहरुबाट मात्रै वारेन हेस्टिङद्धारा लुटिएको सम्पतिको मूल्य तात्कालिन हिसावमा लगभग १ करोड २० लाख अन्दाज गरिएको छ । नालापानीको गोरखा-अंग्रेज युद्धमा साधारण शस्त्रधारी नेपाली सैन्य टुकडीको खानेपानीको मुहान बन्द गरिदिनु, ठुल्ठुला तोपको गोला प्रहार गर्नु यूद्ध आचारसंहिता विरुद्ध कार्य अंग्रेज सरकारले गरेका कुरा प्रति किंचित पनि लज्जा बोध नभएको प्रतित हुन्छ ।
आफ्नो भुमिमा कुटिलता पूर्वक शासन स्थापित गर्ने अंग्रेजी शासन विरुद्ध उत्रेका भारतिय स्वतन्त्रता सेनानी मंगल पाण्डेलाई खुलेआम फाँसी दिनु, अंग्रेज विरुद्ध स्वतन्त्रताको विगुल फूक्ने खुदिराम बोश, सूर्य सेन, भगत सिंह, चन्द्र शेखर आजाद, राम प्रसाद बिस्मिल जस्ता हजारौं लाई फाँसी दिनु र मानव अधिकार विरुद्धको आचरणको पराकाष्ठ नाघ्ने ब्रिटेन सरकारले नेपालको जनयुद्ध अवस्थामा जानी वा नजानी भएको युद्धा अपराधलाई दण्ड सजाय दिनु कुन हिसावले मिल्छ, यदि मिल्छ भने ब्रिटेन सरकारलाई प्रश्न छ , लर्ड क्लाइभ, वारेन हेस्टिङले गरेको अपराध क्षमालायक थियो त ? ब्रिटेन सरकारले लर्ड क्लाइभ र वारेन हेस्टिङजस्ता पात्रलाई किन सम्मानको दर्जा प्रदान गरे? प्रसंग नेपाल तर्फ फर्कदा प्रथम र द्धितिय विश्व युद्धमा अंग्रेजी शासन पक्ष बाट युद्ध लडेका गोरखा सैनिक अहिले पनि अंग्रेजी सेनामा दोयम दर्जाको नागरिकको रुपमा गणना गरिन्छन् किन ? वर्षौं सम्म एकै तहमा कार्य गरेका गोरखा र अंग्रेज सिपाहीको तलब र पेन्शनमा भिन्नता किन ? प्रथम र द्धितिय विश्व युद्धमा ब्रिटेनको पक्ष बाट होमिएका बेपत्ता गोरखा सैनिक कहाँ छ्न ? कुन युद्धा मोर्चामा विलिन भए? त्यसको लेखाजोखा र ति परिवारको पिडा बुझ्ने तथा जान्ने प्रयास किन गरिएन? के यो मानव अधिकारको उल्लंघन होइन र ? १८५७ मा भएको भारतीय सिपाही विद्रोहको समयमा नै अंग्रेजी शासन ब्यवस्थाको भारत बाट अन्त्य हुने थियो तर हाम्रा तात्कालिन रणा शासनद्वारा पठाईएका सोझा, ईमान्दार गोरखा सैनिकको बाहुबल, निर्भयता पूर्वक देखाइएको साहास एवं बलिदानले गर्दा भारतमा अंग्रेजी शासन व्यवस्था १९४७ सम्म टिक्न पायो । १८५७ को सिपाही विद्रोहको दमन गर्न प्रयोग भएका गोरखा सैनिकलाई लुट र दमन गर्न कसले प्रोत्साहित गरे? । लखनउ सेक्रेटियटमा अहिले पनि लखनउ लुटमा गोरखा सैनिकद्धारा गरिएको अभिलेष कलंकको रुपमा बिद्धमानछ । अंग्रेजी शासन व्वस्थालाई सहयोग गरे बापत गोरखा समुदाय कलंकित भए, के त्यसको क्षति पूर्ति स्वरुप अंग्रेज सरकारद्धारा महासेनानी कुमार लामालाई बिगतमा अंग्रेज सरकारको पक्षमा दिएको क्षती पुर्ती बापत समातिएको हो त ?
भारतको इतिहासमा कलंकित जालियावाला बाग हत्या काण्डमा गोरखा सैनिकको नेतृत्व गर्दै जनरल डायरद्धारा अहिंसा पूर्वक आन्दोलन गरिरहेका आन्दोलनकारी माथि निर्दयता पूर्वक अन्धाधुन्ध गोली चलाउने आदेश दिएर गोरखा जातिलाई भारतीय इतिहासमा कलंकित बनाइयो, के त्यो मानव अधिकारको हनन होइन? जालियावाला बाग हत्या काण्डका नायक जनरल डायरलाई अंग्रेज सरकारले किन दण्डित गर्न सकेन? जनरल डायर जस्ता क्रुर हत्यारालाई युवा उधम सिंहले आफ्नो ज्यानको पर्वाह नगरि लन्डनमा किन हत्या गर्नु पर्‍यो, अंग्रेज सरकार संग यसको जवाफ छ त ? मानव अधिकार उल्लंघन कर्ता ब्रिटेन सरकारले बिगतको इतिहासमा ब्रिटेनद्धारा गरिएको गम्भिर मानव अधिकारका उल्लंघन पर्ती विश्व जनमत सामू क्षमा माग्नु पर्दछ ? । न्याय परिपालन गर्ने भन्ने देश ब्रिटेनले अभियोग सावित नभएका मात्र उजुरीको आधारमा नेपाल सरकारसंग विना सोधपुछ अन्याय पूर्वक महासेनानी लामालाई पक्राउ गरिएको अति निन्दनिय एवं अहिले पनि नेपाल जस्ता साना र अविकसित देश प्रति गरिएको अमानविय व्यवहार घोर मानव अधिकारको हनन हो ।
ब्रिटेनले जबरजस्ती अर्जेन्टिनाको भुभाग फकल्याण्ड द्विपमा अहिलेसम्म पनि आफ्नो अधिकार कायम राखेको छ, अर्जेन्टिनाले आफ्नो भू-भाग फकल्याण्ड द्विप लिने प्रयास गर्दा ब्रिटिश गोरर्खा सैनिक प्रयोग गरी पुनः आफ्नो कब्जा लिई अधिनमा राखेको कुरा धेरै वर्ष पुरानो होइन । फकल्याण्ड युद्धमा अर्जेन्टिनाद्वारा भाडाको गोरर्खा सैनिकको प्रयोग गार्‍यो भनी राष्ट्र संघमा ब्रीटेन बिरुद्धा कडा बिरोध प्रकट गरेका थिए । फकल्याण्ड युद्धमा विजय पताका ब्रिटेनको फहरयो तर गोरर्खा सैनिक कलंकित भए, के यो मानव अधिकारको हनन् होइन ? नेपालमा जनयुद्धको दौरानमा जानी वा नजानी सरकारको तर्फबाट वा माओवादीको तर्फबाट गरिएको युद्ध अपराध अमानवीय व्यवहार हुने, के मानव अधिकारको निरन्तर रुपमा उल्लंघन गर्ने ब्रिटेन सरकार मानव अधिकारको पालनहार हुँ भन्न सुहाउँछ? । ब्रिटेनद्वारा महासेनानी कुमार लामालाई पक्राउ गर्नु भनेको ब्रिटेन अहिले पनि पुरातन धङधङीबाट मुक्त हुन नसकेको प्रतीत हुन्छ । महासेनानी कुमार लामाद्वारा गरिएको अपराधले निश्चित रुपमा क्षमादान पाउनु हुदैन । तर ब्रिटेन सरकारको न्याय प्रणाली र कानुनबाट होईन महासेनानी कुमार लामालाई नेपालको न्याय प्रणलीबाट घोषित हुने दण्डको प्रब्धान अनुशार कार्बाही हुनुपर्दछ ।
नेपाली कांग्रेस, एमालेद्वारा महासेनानी लामाको पक्राउ प्रति आक्रोश प्रकट गरेकोमा धेरै धेरै धन्यवाद छ । महासेनानी लामाको गिरफतारी प्रति माओवादी कठोर रुपमा प्रस्तुत हुनु काँही सेनालाई ब्रिटेनद्वारा कार्यवाही गरियो भने युद्ध अपराधको दोषमा माओवादी सदश्यलाई इंग्ल्याण्ड लगायत यूरोपमा गिरफतारी हुने भएकाले आक्रोशित भएका त होइनन् भन्ने संका उत्पन्न भएको छ । महासेनानी लामाको गिरफ्तारिको सन्धर्भमा मधेशवादी दलको मौनताको कारण निर्दयता पूर्वक गौर, कपिलवस्तु हत्या काण्डमा निहत्थालाई घेरि-घेरी एवम छानी-छानी घर भित्र समेत लुकेका निरिहहरुको हत्याको प्रसंग पनि उठ्ने देखेर त्रसित भई चुप्पीसाधेका त होइनन् ? युद्ध अपराध गर्ने कसैले पनि क्षमा पाउनु हुदैन । महासेनानी लामाले पनि युद्ध अपराध गरेको हो भने त्यसको दण्ड सजाय पाउँनु पर्दछ । न्याय सबैको लागि बराबर भएकोले हुनाले माओवादी मधेशवादीद्वारा गरिएको अपराधको दण्ड पनि अवश्य पाउनु पर्दछ भने आम जनताको बुझाई छ । महासेनानीको गिरफतारीले आदिवाशी जनजाती महासंघ विदेशी दातृ संस्थाको इशारामा चल्ने चर्चामा सत्यता झल्केको छ । देशको सार्वभौमतालाई व्रिटेन द्वारा चुनौती दिदै सेनाका आदिवाशीलाई चयन गरिएको विरुद्ध आदिवाशी संघसंस्था, खाशगरी तामाङ घेदुङ संघको मौनताले आदिवाशी संघसंस्था विदेशी इशारामा कार्य गर्ने कुराको सतप्रतिशत पुष्टि भएको छ । महासेनानी लामाको गिरफतारी सामान्य गिरफतारी नभई ब्रिटेन सरकारद्वारा नेपालको सार्वभौमतामा दिएका खुला चुनौती हो । ब्रिटेन सरकारले महासेनानी लामालाई अभिलम्ब रिहा गर्नु पर्दछ । नेपाली जनता र नेपाल सरकारले यदि महासेनानी लामालाई मुक्त गराउन नसके भोलिका दिनमा विश्वका धेरै देशमा नेपाली प्रवेशमा प्रतिबन्ध हुनसक्ने पूर्व तयारीको रुपमा लिन जरुरी छ ।

पूर्वराजा ज्ञानेन्द्रमाथी आफ्नै छोरा पारसले बाबुको व्यवहारबाट दिक्क भएर बाबुमाथी नै मुद्धा हाल्ने तयारी गरिएको बताइएको छ । बाबुले आफूलाई बेवास्ता गरेको, आफ्नी श्रीमती र छोराछोरीमाथी बाबुले जमाएको नियन्त्रणजस्ता विषयबाट रिसाएका पारस ज्ञानेन्द्रमाथी नेपालको तल्लो तहको अदालतमा मुद्धा हाल्ने तयारीमा रहेको बताइएको छ । पारसका लागी अहिले काठमाडौमा उनका बहिनीहरूले दाजुलाई जिताउन एक सक्षम वकिलको खोजी गरिरहेका छन् । थाइल्याण्डमा लागुऔषधको मुद्धामा पक्राउ परेका पारसलाई जेलबाट धरौटीमा रिहा गराउने उनका बहिनीहरूले नै उनलाई बाबुसँग मुद्धा लड्नका लागी गतिलो वकिलको खोजी गरिरहेको बताइएको छ । उनले जिल्ला अदालत काठमाडौमा अंश मुद्दा हालेर सम्पत्ति लिने सोंच बनाएको समाचारमा उल्लेख गरिएको छ ।
ती बहिनीहरू जो उनलाई सहयोग गर्दैछन् ती आफ्नै सहोदर बहिनीहरू भने होइनन् । धिरेन्द्रकी छोरी सिताष्मा र पुजाका पति डा. राजीव शाहीले उनलाई सहयोग गरिरहेका छन् । उनीहरूले पहिले बाबु-छोराबीचको तनावलाई सम्वादका माध्यमबाट टुङ्ग्याउने प्रयास गर्ने, त्यसबाट नभए एक मध्यस्तकर्ता राखेर दुवै तर्फको कुरा आदानप्रदान गर्ने, त्यसपछि पनि कुनै समाधान ननिस्किए पूर्वराजा ज्ञानेन्द्रलाई सम्पति मुद्दा हालेर अदालतसम्म डोर्याउने बताइएको छ ।
ज्ञानेन्द्र मात्रै होइन, पारसको पछिल्लो समय समस्याग्रस्त स्थितिप्रति पत्नी हिमानी, आमा कोमल र सहोदर बहिनी प्रेरणाले पनि उति चासो नदिएको बताइएको छ । उनीहरूले पनि पारसको आनीबानीका कारण उनलाई वेवास्ता गरिरहेको बताइएको छ ।
यो समाचार माघ ३ गते २०६९ को जनआस्था साप्ताहिकले प्रकाशित गरेको छ ।

बाबुराम ! मलाई बचाऊ !

(दुबईको जेलमा निर्दोष नेपालीको क्रन्दन कसले सुन्ने ?)
 दार्चुला धारी-५ का अम्बरबहादुर बम । गरिबीले पढ्नसमेत नसकेपछि पैसा कमाउने उपाय खोज्दै दुबईसम्म पुग्नुभयो । तर, एउटा आपराधिक समूहको फन्दामा परेपछि कमाइ त भएन नै, जवानीसमेत दुबईको जेलमा बिताउनुपरेको छ । १० वर्षदेखि बिनाकसूर जेलको चिसो छिँडीमा बसिरहेका बम दिनरात घरपरिवार सम्झेर रुनुहुन्छ । जेलबाहिर निस्कन उहाँले लाख बिन्तीभाऊ गरिसक्नुभयो । रुँदारुँदा आँखामा आँसु पनि रित्तिसके ।
परिवारको अवस्था पनि यस्तै छ । छोरा जेलमा परेको खबर सुनेर आमाको हृदयघातले निधन भयो । बिहे गरेको २६ दिनमै छोडेर गएका श्रीमान र्फकने बाटो हेर्दाहेर्दै १० वर्षमा श्रीमती धनिशाको आँखा टट्टाइसके, जवानी नै सिद्धिन लागिसक्यो । निर्दोष अम्बरलाई छुटाउन राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, परराष्ट्र मन्त्रालयका प्रवक्ता, मानवअधिकारवादी लगायत कसको दैलो चाहारेन पीडित परिवारले ? तर, उनीहरुले अहिलेसम्म आश्वासनबाहेक केही भेट्टाएनन् ।
को हुन् अम्बर ?
दार्चुला धारी ५ का अम्बर गरिब परिवारमा जन्मेका एकजना सोझा र इमान्दार व्यक्ति हुनुहुन्छ । कक्षा ३ मा पढ्दापढ्दै स्कूल ड्रेस किन्ने पैसासमेत नभएपछि उहाँ कामको खोजीमा गाउँ पारिको भारतीय बजार पुग्नुभयो । धारी गाउँका अन्य नेपालीले झैं महाकाली नदीको अप्ठेरो तुईन वारपार गरेर जीवन धान्ने उपाय खोज्नुभयो । यताउता गर्दागर्दै गाडीमा खलाँसीको काम थाल्नुभयो । खलाँसी गर्दागर्दै गाडी चलाउन पनि सिक्नुभयो ।
गाडी चलाउन सिकेपछि अलि बढी पैसा कमाउने आशमा उहाँ भारतको दिल्ली पुग्नुभयो । गाउँका धेरै कामका लागि जाने ठाउँमा पनि दिल्ली नै हो । त्यहाँ एउटा मार्बल फ्याक्ट्रीमा अम्बरले गाडी चलाउने काम पाउनुभयो । झण्डै एक वर्ष अम्बरले त्यहाँ काम गर्नुभयो ।
दिल्लीदेखि दुबईसम्म
दिल्लीमा कार्यरत रहँदा अम्बरको सोझो र इमान्दारीपनलाई दुईजना भारतीय शंकास्पद व्यक्तिले प्रयोग गर्न खोजे । मनोज मुडाना र करनसिंह राजपूत नामक दुई भारतीयले अम्बरलाई दुबईमा काम गर्न जाऔं भन्दै दिल्लीमा भन्दा धेरै पैसा पाइने लोभ देखाए । अम्बरलाई पनि हो किजस्तो लाग्यो । त्यसपछि पासपोर्ट बनाउन भनेर उहाँ घर जानुभयो ।
घरको जेठो छोरो भएकाले पासपोर्ट बनाउन घर आएकै बेला बिहे गरेर जाने सल्लाह भयो । गाउँकै बा-आमा नभएकी ‘टुहुरी’ धनिशासँग अम्बरको बिहेबारी भयो । बिहे गरेको २६ दिनमै हनिमुन पनि राम्रोसँग मनाउन नभ्याई श्रीमती र घर परिवार छोडेर अम्बर दिल्ली पुग्नुभयो । अनि मनोज र करनसिंहको साथमा उहाँ दुबई पुग्नुभयो ।
जेलको यात्रा
दुबईमा पनि अम्बरले चालककै रुपमा काम गर्नुभयो । त्यहाँ पुगेको दुईचार दिनमै मनोज र करनसिंहले ‘इन्डियन सोसल क्लव’ अम्बरलाई लिएर गए । मनोज र करनसिंह चढेको गाडी अम्बरले नै चलाउनुभएको थियो । क्लवमा भारतीय मात्रै जान पाउने भएकाले अम्बरलाई गाडीमै बस्न भनियो । भारतीय दुईजना क्लबभित्र पसे । एकैछिनमा उनीहरु हतारिँदै बाहिर निस्केर गाडीमा चढे । अनि बस्ने ठाउँमा नगई अर्कै होटलतिर जान भने ।
होटलमा पुगेपछि मनोज र करनसिंहले आफूहरुले क्लबमा मान्छे मारेर आएको बताए । कुरा सुनेपछि अम्बरलाई छाँगाबाट खसेजस्तै भयो । उनीहरुले तँ भाग्, हामीलाई जे पनि हुनसक्छ भने । तर, बबुरो अम्बरको बिरानो देशमा जाने ठाउँ कहीँ थिएन, त्यसैले उनीहरुसँगै होटलमै बस्नुभयो ।
पहिलेदेखि नै आपराधिक काममा लगेका मनोज र करनसिंहले त्यहाँबाट भाग्ने उपाय खोजे । अन्ततः पानीजहाज चढेर सिरिया जाने क्रममा दुबई प्रहरीले उनीहरुलाई पक्राउ गर्यो । साथमा अम्बर पनि पक्राउ पर्नुभयो । भारतीय शरद सेठ्ठी भन्ने व्यक्तिको हत्याको अभियोग उनीहरुलाई लाग्यो ।
मनोज र करन सिंहले आफूहरु हत्यामा संलग्न रहे पनि अम्बर निर्दोष रहेको बताए । अम्बरले पनि धेरै रोईकराई गर्नुभयो । तर, उहाँको क्रन्दन कसैले सुनेन । सन् २००३ मा पक्राउ परेका तीनै जनालाई दुबई हाईकोर्टले मृत्युदण्डको सजायँ सुनायो ।
छुटाउने पहल
हत्यामा संलग्नहरुले समेत अम्बरलाई निर्दोष भनेपछि उहाँलाई छुटाउन दुबई र नेपालबाट समेत धेरै पहल भयो । दुबई नेपाल समाजका अध्यक्ष कृष्ण ढकालले जेलमा पुगेर पनि ठूलै प्रयास गर्नुभयो । पक्राउ परेका भारतीय अभियुक्तहरुले अम्बर निर्दोष नै भनेर लिखित बयान पनि दिए । तर, दुबई सरकारले कुरा सुनेन । त्यसपछि नेपालमा अम्बरका बुबा, पत्नी, आफन्त र साथीभाइ काठमाडौंसम्म आएर पहल गरे । राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत पुग्नुपर्ने सबै ठाउँमा पुगे । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अम्बर निर्दोष रहेकाले छुट्ने र सरकारले सक्दो प्रयास गर्ने आश्वासन दिनुभयो । तर, निर्दोष पतिको जीवन रक्षाका लागि रुँदै बिन्तीभाउ गरेकी धनिशालाई केही हुन्न, छुट्छन् भनेर प्रधानमन्त्री भट्टराईले आश्वासन दिएको वर्ष दिन हुन लाग्यो । सरकारबाट अझै केही पहल भएको छैन । ‘यो सरकारले केही गर्ला भन्ने आश मरिसक्यो’ अम्बरको जीवन रक्षाका लागि पहल गर्दै आएका राजेन्द्र कुँवरले भन्नुभयो ।
परिवारको बिजोग
पैसा कमाउन गएको छोरो जेल परेको खबर सुन्नेबित्तिकै बेहोस भएकी अम्बरकी आमाको होस नखुल्दै निधन भयो । अम्बरका बुबा ७५ बर्षीय कर्णबहादुर बम पनि छोराको बाटो हेर्दाहेर्दै थाकिसक्नुभयो । भारतमा काम गर्ने कान्छो छोरोले जेनतेन पठाउने एकदुई हजारले घर धान्न मुश्किल छ । १० वर्षदेखि श्रीमानको बाटो हेरेर बसेकी धनिशाले जताततै अँध्यारो मात्र देख्नुहुन्छ । म अब बाँच्दिन भनेर उहाँ कतिपटक महाकाली नदीमा हाम्फाल्न खोज्दा मानिसहरुले बचाएका छन् ।
‘माइत जाऔं कोही छैन, घरमा न श्रीमान, न छोराछोरी ।’-रुँदारुँदै आँखा गडिसकेकी धनिशा भन्ने गर्नुहुन्छ । अम्बरको परिवारबारे डकुमेन्ट्री बनाएका राजेन्द्र कुँवर भन्नुहुन्छ ‘धनिशालाई आधुनिक युगकी सीता भन्दा हुन्छ, बिहे गरेको २६ दिनमा छाडेको लोग्नेलाई १० वर्षसम्म प्रतिक्षा गरिरहेकी छन्, उनको जवानी नै गुज्रन लागिसक्यो ।’
अम्बरको सपना
भर्खर बिहे गरेकी श्रीमती र घरका अरु परिवारलाई छोडेर हिँडेका अम्बरको हालत पनि उस्तै छ । सपनामा तिनै टीठलाग्दी श्रीमती, मृत्यु भएकी आमा, बुढा बाबुको झल्को आइरहन्छ । घर नजिकै बगेको महाकाली नदी र गाउँका अरु ठाउँको याद आइरहन्छ । सपनामा आफूलाई छुटाउन सरकार र नेताहरु आउने गरेको अम्बरले देख्ने गर्नुहुन्छ । बिपनामा साँच्चै यस्तो देख्ने दिन उहाँको कहिले आउला ? सरकारको ध्यान बेलायतमा पक्राउ परेका कुमार लामातर्फ गइरहेका बेला निर्दोष नेपाली अम्बरलाई छुटाउन सरकारले केही गर्नुपर्दैन ? के गर्दैछ दुबईस्थित नेपाली दूताबास ?

No comments:

Post a Comment