Jan 23, 2013

ब्रिटेन मानव अधिकारका पालन कर्ता हुन् त ?

महासेनानी कुमार लामालाई रिहाइ गर ?
माओवादी सशस्त्र द्धन्द्ध कालमा युद्ध अपराध गरेको अभियोग लगाउदै नेपाली सेनाका महासेनानी कुमार लामालाई बेलायत सरकारद्धारा पक्राउ गरिएको समाचारले नेपाली जनता एवं नेपाल सरकार स्तब्ध भएको छ । विना आधार नेपाल सरकारलाई समेत जानकारी नदिइ महासेनानी लामालाई पक्राउ गरेकोमा सार्वभौम मुलुकको क्षेत्रधिकार मिचेको भन्दै महासेनानी लामालाई तत्काल रिहा गर्न परराष्ट्र मन्त्रालयका निमित्त सचिव अर्जुन बहादुर थापाद्धारा नेपाल स्थित बेलायती राजदूत टक्नटलाई विरोध पत्र बुझाएका छन् । नेपाली कंग्रेस, एमाले, माओवादी पार्टीद्धारा महासेनानी लामाको गिरफ्तारी प्रति तिव्र आक्रोश प्रकट गरेका छन् भने मधेशवादी पार्टीले पूर्ण रुपमा मौनता साधेका छन् । नेपाल सरकारको आक्रोश र विरोध भएता पनि लण्डन स्थित म्याजिष्ट्रेड कोर्टले लामालाई पूर्पक्षका लागि थप बीस दिन थुनामा राखि अनुसन्धान गर्ने आदेश दिएको छ । मानव अधिकारका प्रमुख उल्लंघन कर्ता देश मध्यका ब्रिटेनद्धारा आफ्नो शासनको बिगतको इतिहासको पुनरावलोकन गर्न अत्यन्त जरुरी छ, विश्वमा ब्रिटेनद्धारा आफ्ना अति महत्वाकांक्षी आकांक्षा रुपी उपनिवेश निर्माण गर्ने क्रममा सबैभन्दा बढी मानव अधिकारको उल्लंघन तथा युद्ध बन्दी प्रति निर्मम व्यवहार एवं प्रताडित गरी हत्या गर्ने देश मध्येमा ब्रिटेन अग्रनि देशमा पर्दछ, सबैभन्दा बढी मानव अधिकार उल्लंघन गर्ने देश ब्रिटेनले मानव अधिकारको पालन कर्ता हुँ भनी भन्न कसरी सुहाउँछ ? Read more.....

No comments:

Post a Comment