Jan 11, 2013

चट्यांगले जिउ ध्वस्त, स्तन ज्यूँ का त्यूँ

सरीरमा चट्यांग पर्दा अरु सबै अंग क्षतविक्षत भयो तर स्तनमा कुनै क्षति पुगेन । के पत्याउनुहुन्छ ? सायद सरीरका अरु कडा भाग ध्वस्त हुँदा कोमल अंग अर्थात स्तन जस्ताको तस्तै रहन्छ भन्ने कुरा पत्याउनै नसकिने कुरो हो । तर आखिर अस्टेलियामा भयो यस्तै । चट्यांगले सरीरका अरु भाग डढाएपनि स्तनमा लछारपाटो लगाउन सकेन ।
साँच्चीकै मान्छेको जिउमा चटयांग पर्दो हो त सबैभन्दा पहिले स्तन नै क्षतविक्षत हुन्थ्यो होला । आखिर शालिक न थियो त्यो । अरु भाग माटोको थियो, तर स्तन कडा ढुंगाको । त्यहीँ भएर होला चटयांगले जिउको अरु भाग ठाउँका ठाउँ ध्वस्त हुँदा ढुंगाका स्तन उछिटिएर अलि पर पुगे र जस्ताको तस्तै रहे वा कुनै असर पुगेन ।
अस्टेलियामा गएको हप्ता यो घटना घटेको रहेछ । भिक्टोरियाको याराओंगामा रहेको गि्रक सभ्यताकी देवी मानिने भेनस डि मिलोको मूर्तिको सिको गरेर स्थानीय एक मूर्तिकारले बनाएको ठूलो मूर्ति वा शालिकमाथि आकाश गर्जिँदा चट्यांग परेको थियो । मूर्तिकारका अनुसार उनले बनाएको उक्त शालिकमाथि चट्यांग पर्दा अरु भाग तत्कालै ध्वस्त भयो तर स्तनको हकमा भने केवल एउटा स्तनको मुन्टा भाँचियो र अरु ज्यूँ का त्यूँ छ । हरे कस्तो शक्तिशाली रहेछ देवीको वक्षस्थल ।

No comments:

Post a Comment