Jan 11, 2013

बाबुराम ! मलाई बचाऊ !

(दुबईको जेलमा निर्दोष नेपालीको क्रन्दन कसले सुन्ने ?)
दार्चुला धारी-५ का अम्बरबहादुर बम । गरिबीले पढ्नसमेत नसकेपछि पैसा कमाउने उपाय खोज्दै दुबईसम्म पुग्नुभयो । तर, एउटा आपराधिक समूहको फन्दामा परेपछि कमाइ त भएन नै, जवानीसमेत दुबईको जेलमा बिताउनुपरेको छ । १० वर्षदेखि बिनाकसूर जेलको चिसो छिँडीमा बसिरहेका बम दिनरात घरपरिवार सम्झेर रुनुहुन्छ। जेलबाहिर निस्कन उहाँले लाख बिन्तीभाऊ गरिसक्नुभयो । रुँदारुँदा आँखामा आँसु पनि रित्तिसके । परिवारको अवस्था पनि यस्तै छ । छोरा जेलमा परेको खबर सुनेर आमाको हृदयघातले निधन भयो । बिहे गरेको २६ दिनमै छोडेर गएका श्रीमान र्फकने बाटो हेर्दाहेर्दै १० वर्षमा श्रीमती धनिशाको आँखा टट्टाइसके, जवानी नै सिद्धिन लागिसक्यो । निर्दोष अम्बरलाई छुटाउन राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, परराष्ट्र मन्त्रालयका प्रवक्ता, मानवअधिकारवादी लगायत कसको दैलो चाहारेन पीडित परिवारले ? तर, उनीहरुले अहिलेसम्म आश्वासनबाहेक केही भेट्टाएनन् । Read more.....

 

No comments:

Post a Comment