Jan 11, 2013

शान्तिका सपनाहरु !


माटोले बलात्कार भोगिरहेको यो बेला
बुद्धहरु सम्बोधिमा हराईरहेको यो बेला
एक हुल ब्वाँसाहरु
मडागास्कर नाघिसकेको छ !

न्रिशंस हत्या गरिएका
कान्छा मानहरुको रगतले
बस्तिहरु रङ्गिएका छन् !

त्यसैले,
सडक मा कालरात्री बिछ्याएको छ
र त्यही सडक मा
गन्तब्यहिन् यात्रा बोकेर -दौदिरहेकी छि न्
आफ्नी प्रियतमको एक झुत्तो प्रेम पत्र बोकेर
हृदयमा -शान्तिका एक हुल परेवा हरु उडाउदै !

समय-बिडम्बन !
धेरै बितिसकेको छ
उनको हाँसोमा हिमाल खुल्दैन
उनको शिरमा सुनगाभा र लाली गुराँस फुल्दैन
चमेली र तिउरियाँ फुल्दैन
बसेको छ उनको सिउँदो माथि बारुदी हिम पात
बगेको छ उनको आँखा भरी मादी र सेती
मृत्‍यु पर्यावरणको कोलाजले
रगतको क्यास्पियन् सी मा
डुबेका छन् बुद्धचुलीहरु
घाईते आकाश मुनी,
लोग्नेको हत्या भएको रात
भिन्चिका मोनालिसा हरुको -अस्मिता लुटेको समय
भग्नाबशेश सपनाहरुले चिथोरिरहेछ ! Read more.....

No comments:

Post a Comment