Jan 11, 2013

खोल्न र खुल्न जियालाई कस्ले भेट्ने ? एटिएम फिल्ममा अभिनय गरेसँगै चौतर्फी आलोचना पाएकी नायिका जिया केसी अंग प्रदर्शनमा उदार हुन थालेकी छिन् ।फिल्म 'के यो माया हो'मा सिम्पल नायिकाको रूपमा अभिनय गरेकी जिया एक्कासी एटिएममा हट बनेर आइन् । उनले आफ्ना अंगहरूलाई प्रदर्शन गर्न कुनै हिचकिचाहट राखिनन् । एटिएममा उनी यति उदार देखिईन् कि दर्शकले पचाउन नै सकेनन् र आलोचनाको पात्र बनिन् । यस्तै उनी पछिल्लो फिल्म बर्बादमा पनि मज्जैले खुलेको निर्माण युनिटले जनाएको छ ।

No comments:

Post a Comment